सीइडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस दिने « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

सीइडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनस दिने



काठमाडौं । सीइडीबी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले ११.५७८९ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

सोही लाभांश पारित गर्न कम्पनीले आगामी बैशाख ३१ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।

सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभामा लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्