२८.३ मेगावाटको मध्य चमेलियामा जुट्यो लगानी, नेपाल बैंक र नबिलले सवा ४ अर्ब लगानी गर्ने « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

२८.३ मेगावाटको मध्य चमेलियामा जुट्यो लगानी, नेपाल बैंक र नबिलले सवा ४ अर्ब लगानी गर्ने



काठमाडौं । दार्चुलामा बन्दै गरेको २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनामा लगानी जुटेको छ ।
दार्चुलाको मार्मा गाउँपालिका–२ मा निर्माणाधीन सो जलविद्युत् आयोजनामा वित्तीय लगानी जुटेको हो ।

आयोजना निर्माण गरिरहेको दार्चुला पावर लिमिटेडलाई नेपाल बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंकले पनि लगानी गर्ने भएका हुन् ।

दार्चुला पावर, अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो । यस आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी औपचारिक सम्झौता बुधबार काठमाडौंमा सम्पन्न भएको छ । सम्झौतामा दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले हस्ताक्षर गरे ।

कुल अनुमानित लागत ५ अर्ब ६६ करोड रुपैयाँ रहेको यस आयोजनामा ७५ प्रतिशत ऋण अर्थात् ४ अर्ब २४ करोड ५ लाख रुपैयाँ सहुलियतपूर्ण ऋणमार्फत जुटाइनेछ ।

त्यसमध्ये नेपाल बैंकले २ अर्ब २४ करोड ५ लाख र नबिल बैंकले २ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन । बाँकी २५ प्रतिशत स्वपुँजी दार्चुला पावर आफैंले जुटाउनेछ ।

बाँध स्थल मार्मा गाउँपालिका–२ लाम्बगडमा र विद्युतगृह त्यहीँबाट साढे सात किलोमिटर तल नलबगड (मार्मा–३) मा निर्माण हुने जनाइएको छ । पानी ३.३३ मिटर व्यासको एमएस पाइपलाइनबाट विद्युत्गृहसम्म पु¥याइने कम्पनीले जनाएको छ ।

आयोजनाको नेट हेड १२८.४६ मिटर र पानी प्रवाह प्रति सेकेन्ड २५.१७ घनमिटर हुनेछ । उत्पादन भएको विद्युत् बलाच सबस्टेसन (९ किमी तल) मा प्रवाह गरिनेछ । आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्