इप्पानको महिला उप-महासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

इप्पानको महिला उप-महासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित



काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को महिलातर्फको उपमहासचिव पदमा कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन्। आगामी नेतृत्व चयनका लागि चुनावी सरगर्मी निकै बढिरहेका बेला पोखरेल भने निर्विरोध चुनिएकी हुन्।

महिला उपमहासचिवमा सर्वसम्मत नेतृत्व चयन भए पनि इप्पानका अन्य महत्त्वपूर्ण पदहरूका लागि भने चुनावी मैदान निकै तातिएको छ। जेठ २९ गते (भोलि) हुने संस्थाको २४औँ साधारण सभा र निर्वाचनलाई लक्षित गर्दै अहिले चुनावी मैदानमा दुई सशक्त प्यानल देखा परेका छन्।

इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पदमा विजयी हुने व्यक्ति स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी आगामी कार्यकालका लागि अध्यक्ष बन्दै छन्।

अध्यक्षबाहेकका अन्य पदहरूमा प्यानलगत रूपमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। जसअनुसार इप्पानको वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्ष उत्तम भ्लोन र कार्यसमितिका महासचिव बलराम खतिवडा आ-आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।


प्रतिक्रिया दिनुहोस्