फिफा विश्वकपको अनधिकृत प्रसारणमा रोक, ३५ वेबसाइट ब्लक गर्न निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल २०२६ का खेलहरू अनाधिकृत रूपमा प्रसारण (स्ट्रिमिङ) गर्ने तयारी गरिरहेका पाइरेटेड तथा अनअथराइज्ड वेबसाइट र एपहरूमाथि रोक लगाउन कडा निर्देशन दिएको छ।
प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले एक पत्र जारी गर्दै नेपालभित्रका सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता अनधिकृत प्रसारण रोक्ने व्यवस्था मिलाउन आदेश दिएको हो। सूचना तथा सञ्चार मन्त्रालयको पत्रका आधारमा प्राधिकरणले यो कदम चालेको पत्रमा उल्लेख छ।
मन्त्रालयको पत्र अनुसार विश्वकप फुटबल २०२६ को नेपालभित्रको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रा.लि. अन्तर्गतको डीजीओ (डिगो) ज्वाइन भेन्चर एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेको छ।
आधिकारिक अधिकार प्राप्त संस्थाबाहेक अन्य विभिन्न अनअथराइज्ड वेबसाइट र एपहरूले फिफा विश्वकपका खेलहरू अनाधिकृत रूपमा नेपालभित्र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको जानकारी आएपछि डिजिटल माध्यमहरूमा निगरानी बढाइएको हो। उपभोक्ता र प्रसारण अधिकारको रक्षाका लागि त्यस्ता माध्यममा विश्वकपका खेलहरू स्ट्रिमिङ नहुने व्यवस्था मिलाई सोको जानकारी प्राधिकरणलाई गराउन भनिएको छ।
प्राधिकरणले रोक्का गर्नका लागि तपशिलमा ३५ वटा अनधिकृत वेबसाइटहरूको सूची स्पष्ट रूपमा सार्वजनिक गरेको छ। प्रतिबन्ध लगाउन निर्देशन दिइएका वेबसाइटहरूमा टिभी डट गेटइमोजी डट अनलाइन, किक डट कम, फ्रिप्लाईआरआर, भण्डारी डट सुरज डट कम, स्पोर्ट्सफाइ, स्पोर्ट्सफाइएपिकेडाउनलोड, स्पोर्ट्सफाइटीभीएप, स्पोर्ट्सफाइटीभीबीडी, स्पोर्ट्सफाइ डट लिंक र स्पोर्ट्सफाइएप डट सीसी रहेका छन्।
त्यसैगरी रोक लगाउनुपर्ने अन्य वेबसाइटहरूमा क्रिकफाइटीभी डट टिओ, क्रिकफाइटीभीएप, क्रिकफाइटीभी डट ओआरजी, क्रिकफाइटीभी डट नेट, क्रिकफाइटीभी डट कम, क्रिकफाइटीभी डट प्रो, क्रिक्टी डट नेट, न्युसेक्रेटटिप्स, नोभासोकर डट नेट र नेपस्पोर्टसहब रहेका छन्। यसका साथै क्रिकएचडी डट कम, स्मार्टरिक डट कम, वेबक्रिक डट इयु, सोकरटीभीएचडी डट कम, एचटिटिपीएस डट डब्लुडब्लुडब्लु डट योशिन हाइफन टिभी डट नेट स्ल्याश र स्ट्रिमइस्ट डट टपलाई पनि बन्द गर्न निर्देशन दिइएको छ।
प्राधिकरणले जारी गरेको सूचीको अन्तिम खण्डमा जेनजेटिभी डट कम, एफबीस्ट्रिम डट एमइ, स्ट्रिमड डट एसयु, स्ट्रिमइस्ट, रोनाल्डोसेभेन डट नेट, आईस्ट्रिमइस्ट डट एप, ड्यामिटि प्रो, सोकरटीभीएचडी डट कम र स्पोर्ट्सवर्कजलाइभ जस्ता अनधिकृत डिजिटल प्लेटफर्महरू समेटिएका छन्।














