आँखुखोला जलविद्युत कम्पनीको १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ औं र १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको आज आईतबार सम्पन भएको १७ औं र १८ औं संयूक्त बार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२÷०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण समेत गरेको छ ।
नेपाल धितोपत्र वोर्डबाट हकप्रद शेयर निष्कासनको स्वीकृत लिई हकप्रद शेयर निष्कासन तथा बाडफाटको प्रकृया समेत पुरा गरी सो रकमबाट रु ४० करोड बैंक लोन घटाइने भएको छ । नयाँ आयोजना गणेश हिमाल हाईडपावर लिमिटेडको आँखुखोला २ जलविद्युत आयोजनालाइृ छनौट गरी उक्त आयोजनामा विगतमा गरिएको प्रतिबद्धता वमोजिम लगानी गदै लगिएको छ ।
विगत १२ वर्ष अगाडि आँखुखोला १ जलविद्युत आयोजनाको सफलतापूर्वक निर्माण सम्पन्न गरी उत्पादित विद्युत राष्टिय प्रशारण लाइनमा जोडी सकिएको बताइएको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष राम श्रेष्ठले आयोजनाको उपलब्धि, चुनौती र आगामी योजनाबारे धारणा राखे । अध्यक्ष श्रेष्ठले आँखुखोला जलविद्युत कम्पनीले ऊर्जा उत्पादन तथा विद्युत् क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
उनले कम्पनीको सफलतामा लगानीकर्ता, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले आगामी दिनमा कम्पनीको सेवा, उत्पादन क्षमता र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्वच्छ ऊर्जाको उत्पादन वृद्धि र राष्ट्रिय ऊर्जा सुरक्षामा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण बन्दै गएको धारणा समेत राखे ।
कार्यक्रममा कम्पनीका पदाधिकारी, कर्मचारी, शेयरधनी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीको प्रगति, उपलब्धि र भावी योजनाबारे समेत जानकारी गराइएको थियो ।














