१० श्रावण २०८३, आइतबार

एकैदिन सुन तोलामा १ हजार ८ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार एकै दिन सुन तोलामा १ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोललामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्