१० श्रावण २०८३, आइतबार

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदी कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्