७ श्रावण २०८३, बिहिबार

५२ जलविद्युत कम्पनीको नाफा साढे २ अर्बः नोक्सानीमा १३ कम्पनी, अन्यको अवस्था कस्तो ?



काठमाडौं । जलविद्युत कम्पनीहरुको कमी देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा जलविद्युत कम्पनीहरुको नाफामा गिरावट आएको हो ।

असोज मसान्तसम्ममा जलविद्युत कम्पनीहरुको नाफा ३५.७५ प्रतिशतले घटेर २ अर्ब ४१ करोड ३६ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यो संचालनमा रहेका मध्ये ५२ वटा कम्पनीको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणको आधारमा हो । ती कम्पनीहरुले गत वर्षको असोज मसान्तसम्ममा भने ३ अर्ब ७५ करोड ६६ लाख ८९ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

चालु आवको पहिलो त्रैमासमा ६ वटा कम्पनीले उच्च दरमा नाफा बढाएका छन् भने एक दर्जन कम्पनी नोक्सानीमा देखिएका छन् । गत वर्षको तुलनामा यस वर्ष अधिकांशको नाफा घटेको देखिएको छ ।

आधा दर्जन कम्पनीको नाफामा उच्च वृद्धि

चालु आवको पहिलो त्रैमासमा ६ वटा कम्पनीको नाफा उच्च दरमा वृद्धि भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा ङादी ग्रुप पावर रहेको छ । कम्पनीले असोज मसान्तसम्म ९ करोड ९४ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३९६.२० प्रतिशतले बढी हो ।

उक्त अवधिमा युनिभर्सल पावरको नाफा पनि ३८४.२१ प्रतिशतले वृद्धि भई ६ करोड ४ लाख ५० हजार रुपैयाँ र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको नाफा ३०६.६७ प्रतिशतले वृद्धि भई १ लाख ८३ हजार रुपैयाँ पुगेको छ।

यस्तै, उक्त अवधिमा खानी खोला हाइड्रोपावरको नाफा पनि २६० प्रतिशतले बढेर २ करोड ५३ लाख ६ हजार, अपर सोलु हाइड्रो इलेक्ट्रिकको १६५.७४ प्रतिशतले वृद्धि भई ४ करोड ७३ लाख ८७ हजार र नेपाल हाइड्रो डेभलपरको १६३.५३ प्रतिशत बढे २ करोड ८ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।

६ कम्पनीको नाफा १० करोड माथि, अपर तामाकोशीको सबैभन्दा धेरै

चालु आवको असोज मसान्तसम्म ६ कम्पनीको नाफा १० करोड माथि रहेको छ । उक्त अवधिमा सबैभन्दा धेरै नाफा अपर तामाकोशीको देखिएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ नाफा गरेको छ । तर, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ७.२४ प्रतिशतले कमी हो ।

पहिलो त्रैमासमा धेरै नाफा कमाउनेको दोस्रो स्थानमा माउन्टेन इनर्जी नेपाल रहेको छ । कम्पनीको २७ करोड ५७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको हो । यस्तै, आवको पहिलो त्रैमासमा सानिमा माइ हाइड्रोपावरले २३ करोड २४ लाख १९ हजार, चिलिमे जलविद्युतले २० करोड ७८ लाख ८० हजार, माउनटेन हाइड्रो नेपालले १२ करोड २० लाख ४ हजार र साहस उर्जाले १० करोड १८ लाख ९६ हजार रुपैयाँ नाफा गरेका छन् ।

नोक्सानीमा एक दर्जन जलविद्युत कम्पनी

चालु आवको पहिलो त्रैमासमा एक दर्जन कम्पनीहरु नोक्सानी देखिएका छन् । उक्त अवधिमा १३ वटा कम्पनीको नाफा ऋणात्मक रहेको छ ।

चालु आवको असोज मसान्तसम्म सबैभन्दा धेरै नोक्सानीमा हिमालयन हाइड्रोपावर देखिएको छ । उक्त अवधिमा कम्पनी १६ करोड ५८ लाख ५९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको सोही अवधिमा पनि कम्पनी ३ करोड ७५ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आवको पहिलो त्रैमासमा हिमाल दोलखा ६ करोड ५० लाख ५१ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको नोक्सानी २४.६६ प्रतिशतले घटेको हो ।

यस्तै, गत वर्षको तुलनामा हिमालयन उर्जा विकासको नोक्सानी उच्च वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ३ लाख नाफामा रहेको कम्पनी यस वर्षको सोही अवधिमा भने ६ करोड ४२ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।

उक्त अवधिमा सबैभन्दा कम नोक्सानीमा पिपुल्स पावर रहेको छ । कम्पनी चालु आवको पहिलो त्रैमासमा १ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।

चालु आवको पहिलो त्रैमासमा न्यादी हाइड्रोपावर ३ करोड ४४ लाख ९८ हजार, घलेम्दी हाइड्रो ३ करोड २७ लाख ६ हजार, मध्य भोटेकोशी १ करोड ८५ लाख ५२ हजार, रसुवागढी १ करोड ७८ लाख २२ हजा, साञ्जेन १ करोड ४२ लाख ९० हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

अधिकांश कम्पनीको नाफा घट्यो

चालु आवको पहिलो त्रैमासमा अधिकांश जलविद्युत कम्पनीको नाफामा घटेको छ । उक्त अवधिमा अरुण काबेली पावरले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा गरेको छ । तर, गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २८.०३ प्रतिशतले कमी हो ।

उक्त अवधिमा पाँचथर पावरले ८ करोड ६० लाख ६१ हजार, बुटवल ८ करोड ५८ लाख ८६ हजार, सिक्लेसको ६ करोड २ लाख २८ हजार, पञ्चकन्या माईले ५ करोड ५१ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छन् ।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा कम नाफा दोर्दी खोला जलविद्युतले कमाएको छ । कम्पनीले ७९ हजार रुपैयाँ मात्र नाफा कमाएको हो ।

अन्यको कुनको नाफा कति ?


प्रतिक्रिया दिनुहोस्