बढ्याे बैंककाे खराब कर्जा: एभरेष्टको ०.७ प्रतिशत हुँदा हिमालयनको ४.५६ पुग्यो, अन्य कुनको कति ?
कामाडौं । पछिल्लो समय देखिएको आर्थिक संकट, ऋण नतिर्ने अभियान लगायतका कारण बाणिज्य बैंकहरुको खराव कर्जा अनुपात झन् बढ्दै गएको छ ।
चालु आर्थिक बर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म आउँदा बाणिज्य बैंकहरुको निष्क्रीय कर्जा (एनपीएल) अर्थात् खराव कर्जाको अनुपात औसत ३ प्रतिशत भन्दा माथि पुगेको छ ।
हाल नेपालमा २१ बाणिज्य बैंक सञ्चालनमा छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तिय प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार बैंकहरुको औसत खराव कर्जा अनुपात ३.०३ प्रतिशत रहेको छ, जुन दोस्रो त्रैमासको तुलनामा ०.७४ प्रतिशत विन्दु बढी हो । पुस मसान्तसम्म बाणिज्य बैंकहरुको औसत खराव कर्जा २.२९ प्रतिशत थियो ।
यस्तै, चैत मसान्तसम्मको खराव कर्जा अनुपात गत आवको सोही अवधीको तुलनामा १४८ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म बाणिज्य बैंकहरुको खराव कर्जा अनुपात १.२१ प्रतिशत मात्रै थियो । अहिले त्यो बढेर ३ प्रतिशत भन्दा माथि पुगेको हो ।
पछिल्लो समय देखिएका आर्थिक मन्दीले पनि बैंकहरुको कर्जा असुल हुन सकेको छैन । आर्थिक संकटका कारण अधिकांश क्षेत्रको व्यवसायीक आम्दानीमा ह्रास आएको छ । त्यसको असरले ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । महंगी, खर्च बढी, उच्च व्याजदर लगायतका कारण पनि ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । फलस्वरुप उनीहरुले कर्जाको किस्ता तथा व्याज तिर्न सकेका छैनन् । त्यसपछि स्वत रुपमा खराव कर्जा बढेको बैंकरहरु बताउछन् ।
खराव कर्जा अनुपात बढ्दा त्यसबापत गरिने प्रोभिजन रकम पनि बढ्दै गएको छ । समिक्षा अवधीमा बैंकहरुको प्रोभीजन रकम ३४१ प्रतिशतले बढेर ३० अर्ब ८६ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधीमा बैंकहरुको प्रोभिजन रकम ७ अर्ब ४ लाख रुपैयाँ मात्रै थियो । बिशेषगरि बैंकहरुको खराव कर्जा बढ्दा यस्तो अवस्था आएको हो । खराव कर्जा बापत बैंकहरुले छुट्टै रकम प्रोभिजन गर्नुपर्ने हुन्छ ।
वित्तयि रिपोर्ट अुनसार हिमालयन बैंकको खराव कर्जा अनुपात सबैभन्दा धेरै देखिएको छ । चालु आवको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म हिमालयन बैंकको खराव कर्जा अनुपात ४.५६ प्रतिशत पुगेको छ ।
दोस्रो स्थानमा भने कृषि विकास बैंक रहेको छ । बैंकको खराब कर्जा अनुपात ४.३५ प्रतिशत र तेस्रो स्थानमा रहेको नेपाल बैंकको खराब कर्जा अनुपात ४.१६ प्रतिशत छ ।
अधिकांश बैंकहरुको खराब कर्जा उच्च देखिएता पनि चार बैंकको भने १ प्रतिशतभन्दा पनि कम देखिएको छ । २१ बैंकहरुमा एभरेष्ट बैंकले खराव कर्जा अनुपातलाई एकदमै कम राख्न सफल भएको देखिन्छ । बैंकको यस्तो कर्जाको अनुपात ०.७० प्रतिशत मात्रै छ । यस्तै, बैंकहरुको वित्तीय विवरण अनुसार एसबीआईको ०.९७ प्रतिशत, स्ट्यान्डर्ड चार्चडको ०.९० प्रीतशत, एनआईसीको ०.८५ प्रतिशत खराब कर्जा छ ।
कुन बैंक खराब कर्जा कति ?














