हेटौंडा कपडा उद्योग र बुटवल धागो उद्योग संचालनमा आउने
काठमाडौं । सरकारले उद्योग संचालन अगाडि बढाउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेटौँडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो उद्योग संचालनमा ल्याउने उल्लेख गरेका हुन् ।
संचालनको सम्भावना रहेका लामो समयदेखि बन्द तथा रुग्न अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरीने जनाएका छन् ।












