साना कम्पनीले आइपीओ जारी गर्न पाउने नियमावली अर्थ मन्त्रालयमा, कहिले पाउँला स्वीकृति ?
काठमाडौं । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्वन्धि नियमावली, २०८० स्वीकृतिको लागि अर्थमन्त्रालय पठाइएको छ ।
नेपाल धितोपत्र बोर्डको जेठ ४ गतेको निर्णयअनुसार सो नियमावली स्वीकृतिको लागि अर्थमन्त्रालय पठाइएको हो ।
‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्वन्धि नियमावली, २०८० स्वीकृतिको लागि अर्थमन्त्रालय पठाइएको छ । सो नियमावली जेठ ७ गते मन्त्रालय पठाएका हौं ।’ – बोर्डले भन्यो
नियमावलीमा साना कम्पनीले पनि आईपीओ जारी गर्न पाउने व्यवस्था छ । अर्थमन्त्रालयले स्वीकृतिपरेपछि लागू हुनेछ ।













