२६ श्रावण २०८३, मंगलबार

चालु आवको अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो सेयर बजार, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार बजार १२.१६ अंकले वृद्धि भएको हो । साताको पहिलो कारोबार दिन बजार परिसुचक २०९७.०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज बैंकिङ्ग समूह १६.२५ अंक, विकास बैंक २०.९६ अंक, लगानी समूह ०.४६, माइक्रोफाइनान्स ३९.१०, उत्पादक तथा प्रशोधन समूह २४.७४, म्यूचुअल फण्ड ०.३१, निर्जीवन बीमा १०७.३० अंकले वृद्धि भएको छ। यस बाहेक अन्य समूहहरु घटेको छ ।

सो दिन २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सेयर कारोबार शिवम सिमेन्टको भएको छ । आज कम्पनीको १९ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन लाइफको भने १५ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।