नयाँ आर्थिक वर्षलाई सेयर बजारको हरियो कार्पेट, ४७.०७ अंकको उछाल
काठमाडौं । नयाँ आर्थिक वर्षलाई सेयर बजारले स्वागत गरेको छ । साउन महिनाको पहिलो दिन बजार ४७.०७ अंकले वृद्धि भएको हो ।
सोमबार बजार परिसुचक २१४४.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन म्युचुअल फण्ड बाहेकका सबै समूहरु हरियाली बनेका छन् ।
साताको दोस्रो कारोबार दिन बैंकिङ्ग समूह २५.२८ अंक, विकास बैंक १६१.३३ अंक, फाइनान्स ६९.५४, माइक्रोफाइनान्स ६१.३० अंकले वृद्धि भएको छ।
यस्तै आज होटेल तथा पर्यटन इन्डेक्स पनि १५४.२९ अंक, जलविद्युत समूह ३४.२०, लगानी समूह २८२.८६, जीवन बीमा समूह २८२.८६ अंक र निर्जीवन २६२.११ अंकले बढेको छ ।
आज २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको ७६ लाख ३४ हजार १९० कित्ता सेयर खरिदबिक्री भएको छ। सोमबार शिवम सिमेन्ट र हिमालयन लाइफको सर्वाधिक सेयर करोबार भएको छ ।
उक्त दिन शिवम सिमेन्टको १४ करोड ८६ लाख १९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यत, हिमालयन लाइफको भने १० करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।













