२ मंसिर २०८३, बुधबार

सुमना श्रेष्ठद्वारा काठमाडाैँकाे मेयरमा उमेदवारी दिने घोषणा



काठमाडाैँ । पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले काठमाडाैँ महानगरपालिकाकाे प्रमुख पदमा उमेदवारी दिने घाेषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबूकमार्फत अबकाे स्थानीय तह निर्वाचनमा मेयर उठ्ने निधाे गरेकाे बताएकी हुन् ।

“मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित”, उनले आजैमात्र फेसबूकमा लेखेकी छन्, “आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।”

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकाे पदाधिकारी रहिसकेकी श्रेष्ठले यसअघि उक्त दलमा सभापति रवि लामिछाने र उनकाे निकटस्थ टाेलीले सिङ्गाे दललाइ नै निजी कम्पनी जसरी चलाएकाे भनेर पदत्याग गरेकी थिइन् ।

जेनजी आन्दाेलनका दाैरान कारागार ताेडेर अराजकता फैलाएकाे भनेर उनले सभापति लामिछानेकाे विराेध गरेकी थिइन् । त्यसपछिकाे चुनावमा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहकाे पक्षबाट पुनः रास्वपा प्रवेश गर्ने चर्चा चलेकाे भए पनि उनकाे ठूलाे अहंकार देखिसकेकाे सभापति लामिछानेकाे टीमले अस्वीकार गरेकाे चर्चा चलेका थिए ।

यद्पि, चुनावी सरकारकाे नेतृत्व गरेकी प्रधानमन्त्री सुशिला कार्कीकाे सचिवालयमा रहेर अनाैपचारिक रूपमा काम गरेकी श्रेष्ठ अब बालेनकै बाटाेमा अघि बढ्ने तयारीमा देखिएकी छन् । यदी याे घाेषणामा श्रेष्ठ अडिग रहिन् भने उनकाे प्रतिस्पर्धा वर्तमान कार्यवाहक प्रमुख सुनिता डंगाेलसँग हुनसक्ने संभावना उच्च छ ।