घुम्टे युवा परिवारद्वारा आयोजित होली पूर्णिमा मेलाको आम्दानी खर्च सार्वजनिक

बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका– ७ मल्म, बागलुङले संस्थाको ३८ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक होली पूर्णिमा मेला २०७९ को समीक्षा गर्दै आय व्यय सार्वजनिक गरेको छ ।
‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक्रम सहित आफनो ३८ औं वार्षिकोत्सव तथा होली मेला २०७९ आयोजना गरेको थियो ।
होली मेलामा यस वर्ष आम्दानी ६ लाख ३५ हजार ७ सय ७६ रुपैयाँ रहेको छ । मेलामा खर्च ४ लाख ५३ हजार ४ सय १० र खुद बचत नगद १ लाख ८२ हजार ३ सय ६६ भएको कोषाध्यक्ष सन्त भण्डारीले बताए ।
समिक्षा कार्यक्रममा २०७९ को होली मेला विगतमा भन्दा धेरै राम्रो, कम खर्चमा स्तरीय मेला, यसपटक मेलामा दर्शकको उल्लेख्य उपस्थिती रहेको संस्थाका अध्यक्ष थम्मन थापाले जनाकारी दिए । उनका अनुसार सबै कार्यक्रमहरुको व्यवस्थापन पक्ष चुस्त दुरुस्त रहनुका साथै सौहार्द वातावरणमा सम्पन्न भएको थियो ।