८ श्रावण २०८३, शुक्रबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको एक लाख ४१ हजार नाघ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पनि ऐतिहासिक बिन्दुमा पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा त्यसको प्रभाव परिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको थियो ।

सुन मात्रै नभई चाँदीले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदी आज १ हजार ९४० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्