एकैदिन ४ हजार २०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, लगातार तेस्राे दिन पनि बढ्दा २ लाख नजिक

काठमाडाैं । शुक्रबार पनि नेपाली बजारमा सुनकाे मूल्य ह्वात्तै बढेकाे छ । नेपाली बजारमा सुनकाे मूल्य आज एकैदिन ४ हजार २०० रूपैयाँले बढेकाे हाे ।
सुनकाे मूल्य बुधबार प्रतिताेला १३०० र बिहिबार १६०० रूपैयाँले बढेकाे थियाे । आज सुनकाे मूल्य लगातार तेस्राे दिन बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य १ लाख ९७ हजार १०० रूपैयाँ ताेकिएकाे छ ।बिहिबार छापावाल सुनकाे मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । बिहिबार तोलामा २ हजार १५० रुपैयाँमा निर्धारण भएकाे चाँदीकाे मूल्य आज २ हजार १६५ रुपैयाँ ताेकिउकाे छ ।
यता सुनचाँदी व्यवसायीहरूले सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेजीको माग हिजाेदेखि देशभर पसल बन्द गरेर आन्दाेलनमा उत्रिएका छन् ।