नोक्सानीमा रहेको एनबि बैंकलाई १० बर्षमा ढुंगानाले यसरी बनाए अब्बल
काठमाडौं । नेपाल बङ्गलादेश बैंक (एनबि) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको कायर्काल सकिएको छ । १० बर्षअघि बैंकको सीईओमा नियुक्त भएका ढुंगानाको कार्यकाल पौष १६ गते सकिएको हो । एक दशक एनबि बैंकमा विताएका ढुंगाना २०६८ सालमा सीईओ नियुक्त भएका थिए । ढुंगानाको कार्यकालदेखि नै बैंकले निरन्तर शेयरधनीहरुलाई लाभांश दिँदै आएको छ । एनबि बैंकको सीईओमा नियुक्त हुँदादेखि बिदा हुँदासम्म बैंकलाई कसरी यहाँसम्म पुर्याउनुभयो भनेर अर्थपथले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।
एनबि बैंकको १० बर्ष अगाडी आउँदा कस्तो थियो, हाल कस्तो छ ?
अहिलेको बाफिया आउनुभन्दा पहिले नै मैले यो बैंकमा मैले ज्वाइन गरेको हुँ । आजभन्दा पहिले तत्कालिन अवस्थामा दुईटर्म भन्ने थिएन । त्यसपछि बाफिया आयो । यो १० बर्षमा बैंकिङ्ग धेरै परिवर्तन भइसकेको छ । १० बर्ष अगाडिका बैंकका चुनौतीहरु र प्रतिस्पर्धा र आजको दिनमा पुग्दाखेरि धेरै परिवर्तन भईसकेका छन् । बैंकिङ्गले आफ्नो आकार नै परिवर्तन गरिसकेको छ । बैंकिङ्ग डिजिटाइजेशनतर्फ गईसकेको छ । त्यतिखेर ट्रेडिसनल बैंकिङ्मा थियौँ । अहिले डिजिटल युगमा प्रवेश गरेका छौँ । इकोनोमी र जीडीपी जुन आकारमा बढ्दै जान्छ, बैंकिङ्गको व्यवसाय पनि त्यहि आकारले बढ्दै गएको छ ।
तत्कालिन अवस्थामा मैले नेपाल बंगलादेश बैंक ज्वाइन गर्दा अनस्टेबल थियो । बैंकका वित्तीय विवरणहरु त्यति राम्रा थिएनन् । बैंक नोक्सानीमा थियो । मैले ज्वाइन गरेको बर्ष १५–१६ करोड रुपैयाँ नोक्सानीमा थियो । बैंकको क्यापिटल एडुकेसी नेपाल राष्ट्र बैंकले तोकेको भन्दा कम थियो । एनपिए १८ प्रतिशतको हाराहारीमा थियो, जुन ५ प्रतिशत भित्र हुनुपथ्र्याे । बैंकलाई नयाँ शाखा खोल्न, फर्दर डिपोजिट कलेक्सन गर्न बन्देज लगाइएको थियो । तत्कालिन अवस्थामा १९ वटा मात्रै शाखा, ११ अर्ब रुपैयाँ निक्षेप, १० अर्ब रुपैयाँ कर्जा, ८ अर्ब रुपैयाँ ननफण्डेड थियो । नेपाल बंगलादेश बैंक शुरुदेखि नै ननफण्डेडमा एग्रेसिप्ली विजनेश गर्ने बैंक थियो । बैंकलाई सुधार गर्न सबैभन्दा पहिला फाइनान्सीयल सुधार गर्नु थियो । धेरै ठूलो १० अर्ब कर्जामा ३०–४० प्रतिशत कर्जा चाहीँ ब्याड लोन र राइटअफको अवस्थामा थियो । तीनै कर्जा रिकोभरि नगरिकन बैंक वित्तीय अवस्था सुधार गर्ने खवस्था थिएन ।
ब्यापार विस्तार गर्नुपर्ने एकातिर थियो भने पुराना राइट अप भएका र खराब कर्जाहरुलाई उठाउनुपर्ने अर्काे चुनौती थियो । हामीले पहिलो प्राथमिकतामा कर्जा उठाउने थियो । धेरै कर्जा उठाउन पनि सम्भव भयो । ठूलो मात्राको कर्जा संस्थापकसँग सम्वन्धित थियो । हामीले ठूलो मात्राको शेयर बंगलादेशी संस्थापकलाई शेयर बिक्री गर्ने एउटा समझदारी बन्यो । त्यसबाट करिब डेढ अर्ब जति कर्जा शेयर बिक्री गरेर आएको पैसाले कर्जा उठायौं । अन्य कर्जाहरु पनि धितो लिलाम गरेर, नेगोसेसन गरेर कर्जालाई रिस्ट्रक्चरीङ गरेर खराब कर्जालाई एक बर्षभित्रमा उठायौं । मैले ज्वाइन गरेको दोस्रो बर्षमा नै हाम्रो एनपीए ५ प्रतिशतभन्दा तल झरेर ४ प्रतिशतमा आइपुग्यो । मैले ज्वाइन गरेको दोस्रो बर्षमा नै लगातार डिभिडेण्ड दिँदै आएका छौँ । १० बर्षमा लगातार ८ बर्ष लाभांश दिदै आएका छौँ । यो १० बर्षको कार्यकालमा ११२ प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश गरी जम्मा १६२ प्रतिशत लाभांश दिएका छौँ ।
२ अर्ब रुपैयाँको पूँजीबाट १० अर्ब रुपैयाँको पूँजी पुगेको छ । बीचमा अलिकति राइट शेयर पनि दिएका थियौँ । अरु सबै बोनस शेयरबाट नै पूँजी बृद्धि भएको हो । २४ करोड रुपैयाँको रिजर्भबाट ६ अर्ब रुपैयाँ पुगेको छ । अहिले १७ अर्ब रुपैयाँको कोर क्याटिल पुगेको छ । बैंक अहिले धेरै स्ट्रङ बनेको छ । आजको एनपीए हेर्ने हो भने १.३८ प्रतिशतमा छ । १० अर्ब रुपैयाँको लोन र ११ अर्ब रुपैयाँको डिपोजिटमा ४ सय जना स्टाफ थिए । अहिले ९० अर्बको डिपोजिट र ७५ अर्बको लोन हुँदा ९६० जना कर्मचारीले बैंक चलाईरहेको छ । कर्मचारी ठ्याक्कै डबल र बिजनेश १० टाइमले फोल्ड भएको छ । १९ शाखाबाट अहिले १ सय वटा शाखा पुगेका छन् ।
आभेरल नेटवर्थ परशेयर १ सय रुपैयाँको अहिले १७१ रुपैयाँ पुगेको छ । सबै इन्डीकेटर हेर्ने हो भने पूँजी बृद्धि, ब्यापार बृद्धि, डिभिडेण्ड बृद्धि, नेटवर्थपर शेयर अहिले आएर बैंक मजबुत र सक्षम बैंक भएको छ । कोरोना र लकडाउनका कारण २ बर्षमा विजनेशमा एग्रेसिप ग्रोथ गरेनौ । अहिले आएर लिक्वीडिटीको समस्या छ । तर हाम्रो ननफण्डेडमा हेर्ने हो भने ८ अर्बको ९० अर्ब पुर्याएका छौँ । बेलाबेलामा लिक्वीडिटीमा समस्या आउने भएको हुँदा ननफण्डेडको प्रयोग गरेको हो । अपरेटिङ इनकम राम्रो कमाउन सफल भएको छ । कोरोना महामारी नभएको थियो भने निक्षेप र कर्जा १ खर्ब कोषमा पुग्थ्यो । अन्य बैंकहरुको दाँजोमा कम देखिएपनि मर्जर भएर ठूला भएका हुन् । तर हाम्रो मेजर शेयर फरेन इन्भेष्टर भएकाले नेचुरल ग्रोथमा जाने वा २० प्रतिशत ग्रोथमा नजाने भन्ने हाम्रो स्ट्राटीजी हो ।
म आफ्नो कार्यकालमा सबै इन्डीकेटरबाट सन्तुष्ट छु । समकालिन बैंककोभन्दा विजनेश साइज कम भएको पक्कै हो तर मेरो सञ्चाक समितिको स्ट्राटीजकल्ली डिसिजन भएको हुँदा प्रमुख कार्यकारी अधिकृतले मात्रै गर्न सक्ने कुरा भएन । एउटा सफल र सक्षम बैंकमा हुनुपर्ने जुन अस्थिर अवस्थाबाट स्थिर अवस्थामा आइपुगेको छ । त्यो हिसाबले शेयरहोल्डर, कर्मचारी, निक्षेपकर्ता सबै नै खुसी हुनु पर्ने अवस्था देख्छु ।
ज्वाइन गर्दा अफ्ठ्यारो थियो, यो अवस्थाा कसरी ल्याउनु भयो ?
विगतमा एउटा खराब घटना भएको थियो । नेपालको ईतिहासमा त्यो पहिलो हो र अन्तिम पनि होस भन्ने चाहन्छु । त्यतिखेर नेपाल राष्ट्र बैंकको ठूलो सहयोग थियो । राष्ट्र बैंकले कन्फीडेन्स बिल्डले टेक अफ गरेको हो । बजारमा बैंक प्रतिको दृष्टिकोणको ब्राण्ड इमेजमा सुधार गर्नुपर्छ भनेर हामी ब्राण्ड बिल्डीङमा लाग्यौं । त्यतिले मात्रै पुग्दैन अलिकति स्ट्रक्चर परिवर्तन गर्नुपर्छ । जुन शेयरहोल्डर प्याटिङ थियो, त्यहि शेयरहोल्डर प्याटनमा फेरि बैंक त्यहि अवस्थामा फर्किन सक्छ भन्ने लागेर हामीले शेयरहोल्डरहरुको ठूलो मात्राको शेयर विदेशी संस्थापकलाई बिक्री गरेर एकजना सञ्चालक आउने अवस्था थियो, आइफइसीबाट ।
नेपालीको शेयर किनिसकेपछि ३ जना सञ्चालक र चेयरमेन र हाम्रो टेक्निकल सर्भिस एग्रीमेन्टसमेत लिनेगरि एग्रीमेन्ट गर्यौं । त्यसले पनि बैंकलाई अगाडी बढ्न उहाँहरुको स्ट्राटीजी, पोलीसी लागू गर्नलाई डेलि इन्टरफेयर नहुने अवस्था, म्यानेजमेन्टले आफ्नो डिसिजन अगाडी लीएर जाने अवस्था भएको हुँदा यी सबै कुरा सम्भव भए । यसमा म ब्रअहरुलाई पनि धन्यबाद दिन्छु । उहाँहरुले पनि तत्कालिन अवस्थामा तिर्न नसकेपनि विस्तारै तिर्नुभयो । संस्थापक लोनहरुलाई पनि धन्यबाद दिन चाहन्छु । उहाँहरुले ढिलै भएपनि आफ्नो शेयर बेचेर पनि कर्जा तिर्नुभयो र बैंक यो अवस्थामा आयो । सबैको सहयोगबाट सम्भव भएको हो । हामीले नयाँ कर्मचारी पनि ल्यायौं । हामीले आन्तरिकरुपमा पनि बैंकको ओभरल स्ट्रक्चर चेन्ज गर्यौं । फ्रेस ब्लडहरु पनि इन्क्ल्यूड गर्यौ । हामीले पञ्च बर्षीय रणनीति प्लान अन्तर्गत हरेक ५ बर्षको स्ट्राटीजी बनायौं । हरेक बर्षमा यसअन्तर्ग बसेर बजेट बनाउँदै त्यो स्ट्राटिजीलाई पछ्याउँदै गएको हुँदा यो अवस्थमा पुगेका हौं ।
यो बैंकको भविष्य कस्तो देख्नुहन्छ ?
बैंक अहिले एक्लै चल्न सक्छ । सबै बैंकको एउटै साइज हुनुपर्छ भन्ने छैन् । सेग्मेन्टहरु फरक हुन्छन् । टार्गेट सेग्मेन्ट फरक होलान्, अन्यको फरक होला । केही समानता पनि होला । सञ्चालक समितिको स्ट्राटीजीमा भर पर्ने कुरा हो । बजारको अवस्था र नेपाल राष्ट्र बैंकको चाहना हेर्ने हो भने बैंकको संख्या कम होस भन्ने छ । मर्ज होउन र ठूलो साइजको होस भन्ने छ । सानोतिनो रिस्कहरुलाई सजिलै पचाउन सकुन । आइटी र इन्फरमेसन टेक्नोलोजीका रिस्कहरुलाई ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ, त्यसकारण ठूला बैंकहरु चाहिन्छ ।













