भित्री बस्त्रमा लुकाएर ल्याएको ४६६.५ ग्राम सुनसहित एकजना प्रक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाइ ४६६.५ ग्राम सहित पक्राउ गरेको छ । शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ गरेको हो ।
उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान चेकजाँच गरिएको थियो । त्यतिवेला उनको भित्री वस्त्र शंकास्पद लागेपछि खनतलासी गर्दा फल्स पकेट बनाएर सुन लुकाएको पाइएको थियो ।
विष्कुट आकारको सुन ४ वटा गरी जम्मा ४६६.५ ग्राम बरामद भएको थियो । साथै, सिक्री आकारको ५० ग्राम सुन पनि बरामद भएको प्रहरीले जनाएको छ ।