सुन तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा ३ सय रुपैयाँले घट्यो, चाँदी कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्