आइतबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
शुक्रबार प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।