हिमालयन इन्फ्रास्ष्ट्रक्चरले तोक्यो साधारण सभा मिति, नगद लाभांश पारित लगायत यस्ता छन् एजेण्डाहरु « Arthapath.com
२४ असार २०८३, बुधबार

हिमालयन इन्फ्रास्ष्ट्रक्चरले तोक्यो साधारण सभा मिति, नगद लाभांश पारित लगायत यस्ता छन् एजेण्डाहरु



काठमाडौंं । हिमालयन इन्फ्रास्ष्ट्रक्चर फण्ड लिमिटेडको साधारण सभाका लागि मिति तय गरेको । कम्पनीको १४औं वार्षिक साधारणसभा आउँदो असोज १२ गते हुने भएको हो ।

कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा बोलाउने निर्णय गरेको हो । सभा अलफ्ट होटल, ठमेल काठमाडौंमा विहान ११ः३० बज सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को आम्दानी खर्च तथा बासलात लेखापरिक्षकको प्रतिवेदन पारित गर्नेछ ।

सोही सभाले आव २०७९/८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्