सरकारसँग उत्पादित विद्युतको मूल्य माग्दै व्यवसायीहरु « Arthapath.com
२४ असार २०८३, बुधबार

सरकारसँग उत्पादित विद्युतको मूल्य माग्दै व्यवसायीहरु



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न निजी कम्पनीहरुबाट बढी मात्रामा उत्पादित विद्युत सित्तैमा खरिद गरिरहेको छ । तर देशमा अघोषित लोडसेडिङ यथावत कायम छ भने विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गरी आम्दानी पनि राखेको छ ।

वर्षायाममा नदीमा जलस्तर बढ्ने हुँदा हिउँदको तुलनामा वर्षादमा बढी बिद्युत उत्पादन हुने र अहिले यदी बढी उत्पादित विद्युतको मुल्य नपाउने हो भने किन उत्पादन गरी रहने प्रश्न चिन्ह लगानी गर्ने व्यवसायीहरुले खडा गरेका छन् ।

साथै हाइड्रो पावरको क्षमताअनुसार सबै याममा औषतमा विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई बिक्री गर्नु पर्ने हुन्छ त्यसैगरी अगामी महिनामा यति विद्युत उत्पादन हुन्छ भनी सो को अनुमानित तथ्याङ्क अग्रिम रुपमा पेश गर्नुपर्ने र सोही अनुमानित तथ्याङ्कलाई आधार मानी विद्युत प्राधिकरणले भुक्तानी उपलब्ध गरेको छ ।

देशलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गरी उर्जा क्षेत्रमा निजी क्षेत्रलाई लगानीको लागि अझ बढी आकर्षित गर्न, कोरोनाले थलिएको उद्योगलाई राहत उपलब्ध गराउन र पिपिए सहमति गर्दा प्रति युनिट जतिमा रुपैयाँमा खरिद गर्ने सहमति भएको र बढी उत्पादित विद्युतलाई पनि न्यूनतम आधा मूल्यमा खरिद गरी दिन र प्रत्येक पाँच वर्षमा खरिद मूल्य पुनरावलोकन गर्न उर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायीहरु सरकारसँग जोडदार माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्