९ कम्पनीहरुले डाके विशेष तथा साधारण सभा : मर्जर प्रस्ताव र लाभांश पारित गर्ने मुख्य एजेण्डा, अन्य के–के ?
काठमाडौं । करिब एक दर्जन कम्पनीहरुले विशेष तथा साधारण सभा बोलाएका छन् । आगामी असोज र कात्तिक महिनासम्म ९ कम्पनीहरुले सभा डाकेका हुन् ।
कम्पनीहरुको विशेष तथा साधारण सभाले मर्जर प्रस्ताव, लाभांश पारित लगायतका एजेण्डाहरु पारित गर्नेछन् । हालसम्म चार कम्पनीहरुको विशेष साधारण सभा र अन्य कम्पनीहरुले साधारण सभा बोलाएका हुन् ।
जसमध्ये सिवाईसी नेपाल, आँधीखोला लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्जर प्रस्ताव गर्न विशेष साधारण सभा बोलाएका हुन् ।
यस्तै, पवार ट्रेड एण्ड इनर्जी, कुथेली बखरी स्मल हाइड्रोपावर, हिमालयन इन्फ्रास्ष्ट्रक्चर, एशियन लाइफ इन्स्योरेन्स र सानिमा माई हाइड्रोपावर कम्पनीले साधारण सभा डोकेको हो ।
पावर ट्रेड एण्ड इनर्जी
पावर ट्रेड एण्ड इनर्जी एक्सचेन्ज कम्पनीले पहिलो वार्षिक साधारण सभा असोज ६ गतेका लागि बोलाएको छ । भदौ १२ गते बसेको सचांलक समितिको बैठकले सभा काठमाडौं म्यारिओट होटल नक्सालमा बिहान ११ बजे बोलाएको हो ।
सभाले सचांलक समितिको गठन निर्वाचन गर्ने कम्पनीको रजिष्ट्रड कार्यालय रहने ठेगाना स्थानान्तरण गरी स्विकृत प्रबन्धपत्रको दफा २ तथा स्विकृत नियमावलीको नियम २ कम्पनीको अधिकृत तथा पूजी वृदि गरी स्विकृत प्रबन्धपत्रको नफा ६ (क), (ख) र (घ) संशोधन गर्ने सम्बन्धमा छलफल गरि पारित गर्ने छ ।
साथैले सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त
सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले विशेष साधारणसभा बोलाएका छन् । एक आपसमा गाभिने प्रस्ताव पारित गर्न यी दुई कम्पनीले असोज ७ गते छुट्टाछुट्टै स्थानमा विशेष साधारण सभा बोलाएका हुन् ।
सिवाईसी नेपाल लघुवित्तको सभा लघुवित्तको केन्द्रिय कार्यालय, सभागृह चोक, कास्की र आँधिखोला लघुवित्तको होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा यी दुई लघुवित्त एक आपसमा गाभ्ने/गाभिने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको सेयर स्वाप रेशियो पारित हुनेछ ।
सोही सभाले लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धि आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछन् ।
विशेष साधारण सभा प्रयोजनका लागि भदौ २९ गतेदेखि असोज ७ गतेसम्म बुक क्लोज गर्नेछन् । मर्जर प्रयोजनका लागि दुवै कम्पनीको असार २३ गतेदेखि सेयर कारोबार बन्द रहेको छ ।
कुथेली बखरी स्मल हाइड्रोपावर
कुथेली बखरी स्मल हाइड्रोपावर कम्पनीले ११औं वार्षिक साधारण सभा असोज ८ गतेका लागि बोलाएको छ ।
भदौ ४ गते बसेको संचालक समितिको बैठकले सभा जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर, साझा पेट्रोल पम्प नजिकै दिउँसो २ बजेका लागि बोलाएको हो ।
सभाले कम्पनीले संचालक समितिको प्रस्ताव बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने समेत सभाको कार्यसूची रहेको छ ।
सानिमा जनरल र जनरल इन्स्योरेन्स
सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । यी दुवै कम्पनीले मर्जर प्रक्रिया स्वीकृत गर्न एकैदिन विशेष साधारण सभा बोलाएका हुन् ।
यी दुवै आउँदो असोज ११ गते विशेष साधारण सभा गर्ने भएका छन् । कम्पनीको सञ्चालक समितिले उक्त दिन सभा आयोजना गर्ने निर्णय गरेका हुन् ।
कम्पनीको छुट्टा छुट्टै विशेष साधारण सभाले एक आपसमा मर्ज हुनेसम्बन्धी विशेष प्रस्तावलाई पारित गर्नेछ । मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पारित गर्ने सभाको मुख्य एजेण्डा रहेको छ ।
सोही सभाले चल–अचल सम्पत्त तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
सोही सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।
हिमालयन इन्फ्रास्ष्ट्रक्चर
हिमालयन इन्फ्रास्ष्ट्रक्चर फण्ड लिमिटेडको १४औं वार्षिक साधारणसभा आउँदो असोज १२ गते हुने भएको हो ।
कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा बोलाउने निर्णय गरेको हो । सभा अलफ्ट होटल, ठमेल काठमाडौंमा विहान ११ः३० बजे सुरु हुनेछ ।
उक्त सभामा कम्पनीले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । सभामा आर्थिक वर्ष २०७८÷७९ को आम्दानी खर्च तथा बासलात लेखापरिक्षकको प्रतिवेदन पारित गर्नेछ ।
सोही सभाले आव २०७९/८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो १३ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा बोलाउने गरेको हो ।
सभामा प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
कम्पनीको सभामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
यसका सभामा साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरु पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
सानिमा माई हाइड्रोपावर
सानिमा माई हाइड्रोपावर कम्पनीले कात्तिक २ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले स्मार्ट दरबार, व्यान्क्वेट, संखपार्क, धुम्बाराहीमा बिहान ११ बजे सभा गर्न निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित नगद लाभांशलाई समेत वितरण योग्य बनाउनेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उल्लेखित प्रस्तावहरूसँगै चालू आर्थिक वर्षको लागि लेखापरिक्षण नियुत्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।













