नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल युवा उद्ममशीलता सम्मेलन सम्पन्न « Arthapath.com
२४ असार २०८३, बुधबार

नौ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल युवा उद्ममशीलता सम्मेलन सम्पन्न



काठमाडौं । काठमाडौंमा जारी दोस्रो नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन २०२२ सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको सयुक्त आयोजना सम्पन्न सम्मेलनले स्टार्टअप इकोसिस्टम निमार्णमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तिनवटै सरकारले प्राथमिकता दिनुपर्ने, स्टार्टअपका लागि परियोजना धितो राखेर लोन दिने ब्यवस्था गर्नुपर्ने र यसको प्रक्रिया सर्वसुलभ र झन्झटरहित हुनुपर्ने निष्कर्ष निकालेको छ । सरकारले दिने सहुलियतपुर्ण कर्जा सहि ठाँउमा जानुपर्ने सुझाव पनि दिएको छ ।

सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले बैंक, बित्तिय संस्था, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र बिभिन्न प्राइभेटमार्फत नेपालमा युवा उद्ममशीलता प्रवद्र्धन हुदै गएको सन्र्दभ उल्लेख गदैं आगामी दिन नेपालको युवा उद्ममका लागि सकारात्मक रहेको निष्कर्ष समेत निकालेको जानकारी दिए ।

युवा उद्ममका चुनौती र अवशर दुवै भएकोले चुनौतीलाई अवशरमा बदल्न डिजिटलमैत्री उद्ममको परिकल्पनामा राष्ट्रिय युवा परिषद् रहेको परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । युवाहरुको नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग गरेर युवाहरुले पनि बजारको सम्भाब्यता अध्ययन गरेर नयाँ आइडिया ल्याउनुपर्र्ने सम्मेलनको निष्कर्ष रहेको छ । सम्मेलनमा ५५ जिल्लाका युवा उद्ममी र युवा उद्ममी बन्न चाहने करिव ४०० युवाहरुको सहभागीता रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्