आजदेखि नयाँ नोट दिन थालियो « Arthapath.com
२४ असार २०८३, बुधबार

आजदेखि नयाँ नोट दिन थालियो



काठमाडौं । राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ। राष्ट्र बैंकले अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट दिएको थियो ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्न पाउनेछन् ।सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक र एक बण्डल नयाँ नोट पाउने भएका हुन्।

बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्। दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ।

गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।


प्रतिक्रिया दिनुहोस्