भूमिहीन दलित र सुकुम्बासीले जग्गा प्राप्तिका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने
काठमाडौं । भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन ३५ दिन भित्र निवेदन दिनुपर्ने भएको छ ।
राष्ट्रिय भुमि आयोगले एक सूचना जारी गर्दै भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन निवेदन दिन भनेको छ । आयोगका अनुसार सातै वटा प्रदेशका भुमिहीनहरुले आफूले प्रयोग गरिरहेको जग्गा प्राप्ति मागसहित सम्वन्धित स्थानीय तह, वडा कार्यालयहरुमा बुझाउनपर्नेछ ।
जसमध्ये प्रदेश नम्बर १ का दुई जिल्ला, मधेश प्रदेशमा चार जिल्ला, बागमी प्रदेशमा ३ जिल्ला, गण्डकीका ५, लुम्बिनी २, कर्णालीका ८ र सुदुरपश्चिमका तीन जिल्लाका स्थानीय तहमा भुमिहीन दलति र सुकुम्बासी रहेका छन् ।














