लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट २०७९
काठमाडौं । गत बिहिबार लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ ।
यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा दिदैं आइरहेको छ । हुन्डाईमोटर कम्पनीविश्वकै ५ ठूला अटो मोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीकाउत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखि योजनाल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ ।













