डिशहोममा १ वर्षको रिचार्ज गर्दा भिम बहादुर भट्टराईले जिते एक लाख
काठमाडौं । भिमसेनथापा गाउपालिका ५ का निवासी भिम बहादुर भट्टराईले एक लाख रुपैयाँ जितेका छन् ।
भैरबी इन्टरप्रईजेजको डिलर अन्र्तरगत रहेको आरुघाट धादिंग का सह—बितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका डिलर धर्मेन्द श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिशहोमको तर्फ बाट सिनियरसेल्स अफिसर मदन सापकोटा , सर्भिस सेन्टर कोदिनटर सुमन खनाल ,सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा , सिनियर प्राबिधिक सुपरभाइजर उपेन्द्र ओली , प्राबिधिक सुपरभाइजर सागर खड्का बाट जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको हो । विजेता भट्टराईलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।
लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्ने छन् ।













