नेपालमा पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ हुँदै « Arthapath.com
२४ असार २०८३, बुधबार

नेपालमा पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ हुँदै



काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ । यो अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’ नोभेम्बरमा सम्पन्न हुने भएको हो ।


पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको पुल प्राइज (कूल पुरस्कार राशी) चार लाख रुपैयाँ रहेको र यस बाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको सुबिसुले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ । गत बिहिबारदेखि सुरु भएको रजिष्ट्रेसन असोज ४ गते सम्म जारी रहनेछ ।

यहाँ क्लिक गरेर अथवा माथि फोटोमा रहेको क्यूआर कोड स्क्यान गरेर टिम दर्ता गर्न सकिनेछ । यसक साथै इच्छुक सहभागीहरूले सुबिसुको फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी पाउनका साथै गेमको रुलबुक समेत हेर्न सक्नेछन् ।

प्रतियोगितामा जे म्युजिक एचडी ब्रोडकास्टिङ पार्टनरको रूपमा रहेको छ भने इभेन्ट पार्टनरमा ओटुका जात्रा छ । सुरुवाती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्