आगामी निर्वाचनमा १ करोड ७९ लाख मतदाता
काठमाडौं । आगामी संघ र प्रदेशको निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो ।
जस अन्र्तगत मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्य छन् ।
सबै भन्दा बढी मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता र सबैभन्दा कम मनाङमा ६ हजार ७७९ मतदाता छन् ।













