जलवायु परिर्वतनकै कारण काठमाडौंमा तराई जत्तिकै गर्मि हुँदै छ: मन्त्री यादव
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले विकाससँग सँगै वन जङ्गल जोगाउन आवश्यक रहेको बताएका छन् । शनिवार ॐ हरहर आदी शक्ति परिवारको प्रथम वार्षिक उत्सब समारोहमा प्रमुख अतिथीको आसनबाट बोल्नु हुँदै मन्त्री यादवले आफु बाच्नका लागि भएपनि रुख रोप्नु पर्ने तथा वन जङ्गल जोगाउन आवश्यक रहेको बताए ।
उनले भने, “वन जङ्गल विनास हुँदा बिभिन्न प्राकृतिक घटनाहरु बढ्दै जाने र बिपत्ती आउने भएकाले अब सबै नागरिकले वन जङ्गल जोगाउन तर्फ लाग्नु पर्छ, विकास पनि गर्नु पर्छ, वन जङ्गल पनि जोगाउनु पर्छ ।”सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कर्मचारी सहित आम नेपाली दाजुभाइ दिदि बहिनीका कारण नेपालको वन जङ्गल जोगिदै गएको बताए ।
सम्पूर्ण संघ संस्था तथा नागरिकले वन जङ्गल जोगाएका कारण अहिले नेपालमा करिब ४५ प्रतिसत भन्दा बढी वन क्षेत्र बढेको समेत मन्त्री यादवले जानकारी दिए ।वन जङ्गल, मठ, मन्दिर, धार्मिकक्षेत्र, कला संस्कृति जोगाउनका लागि ॐ हरहर आदी शक्ति परिवारको उल्लेख्य भुमिका रहेको भन्दै मन्त्री यादवले उक्त संस्थालाई आवश्यक पर्ने सहयोगका लागि आफु सहित सिङ्गो मन्त्रालय तयार रहेको समेत आश्वासन दिए ।
यसैगरी मन्त्री यादवले पछिल्लो समय नेपाल सहित बिभिन्न मुलुकमा जलवायु परिवर्तनका कारण बिभिन्न घट्नाक्रम बढ्दै गएकाले जलवायुका क्षेत्रमा सबै क्षेत्र तह तप्काबाट लाग्नु पर्ने बताए । उनले भने, “जलवायु परिर्वतनकै कारण काठमाडौँमा तराइँ जत्तिकै गर्मि हुँदै आएको र हिमालमा पनि त्यस्को असर पर्न थालेको छ, सबैले वातावरण जोगाउनका लाग्नु पर्ने अवस्था छ ।”
वातावरण नजोगिएको खण्डमा नागरिकलाई पनि निकै असज हुनुका साथै दुःखद घटना घट्ने देखिएकाले हामीले कसरी वातावरण तथा वन जङ्गल जोगाउन लाग्ने सो विषयमा आम नागरिकले गम्भिर भएर लाग्न समेत मन्त्री यादवले आग्रह गरे । वातावरणमा असर पर्ने गरी आफुले कुनै पनि क्षेत्रमा रुख काट्नका लागि अनुमति नदिने समेत मन्त्री यादवले प्रतिबद्धता जनाए ।













