संविधान दिवसको अवसरमा ६ सय ८१ कैदीलाई आममाफी दिइने « Arthapath.com
२४ असार २०८३, बुधबार

संविधान दिवसको अवसरमा ६ सय ८१ कैदीलाई आममाफी दिइने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७९ का अवसरमा ६ सय भन्दा बढीलाई आममाफी दिनुभएको छ । कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको हो ।

भदौ ३१ को मन्त्रिरिषद बैठकको निर्णयअनुसार सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिइएको हो । राष्ट्रपति भण्डारीले सर्वाेच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका दुई सय तीन र चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजायमा आममाफी दिइएको हो ।

नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ बमोजिम ५ सय ८१ कैदीलाई माफी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्