राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा पाण्डेय निर्वाचित « Arthapath.com
२४ असार २०८३, बुधबार

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा पाण्डेय निर्वाचित



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन गत भदौ ३० र ३१ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । महाधिवेशनमा लक्ष्मीप्रसाद पाण्डेय अध्यक्षमा चयन भएका छन्, भने आगामी दुई वर्षका लागि ४१ सदस्यीय कन्द्रीय समिति निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाँई निर्वाचित हुनु भएको छ । यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुष्मा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सहकोषाध्यक्षमा लिना यादब तथा बाँकी २६ जना सदस्यहरु निर्वाचित भएका छन् ।

महाधिवेशनकोे समुद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरेका थिए । उनले रा.वा. बैंक नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण वित्तिीय संस्था भएको बताउंदै, संंस्थालाई सबल बनाउन व्यवस्थापन र ट्रेड युनियनको भूमिका अहम हुने बताए । सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पेसागत महासंघ नेपालका संयोजक बाबुराम थापा, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु) का राष्ट्रिय अध्यक्ष धर्मराज मैनाली, पेसागत महासंघ नेपालका सल्लाहकार संयोजक पुण्य ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा.बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव उभार पाण्डे, कषि विकास बैंक कर्मचारी संघका अध्यक्ष लिला जि.सी., पूर्व अध्यक्ष हेमराज सुवेदी लगायत पेसागत क्षेत्रका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका हुन् ।

साथै, महाधिवेसनले आगामी दिनका लागि नीति तथा पेसागत क्षेत्रका जल्दाबल्दा विषय सहितका प्रस्ताबहरु समेत पारित गरेको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल बैंक भित्रको सबैभन्दा जेठो र कर्मचारीहरुको हक हितको पक्षमा जोडदार रुपमा आवाज उठाउंदै आईरहेको क्रियाशिल ट्रेड युनियन हो ।


प्रतिक्रिया दिनुहोस्