आज सेयर कारोबार नखुल्ने
काठमाडौं । आज सेयर कारोबार नखुल्ने भएको छ । आज अर्थात असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण आज सेयर कारोबार बन्द हुने भएको हो ।
नेपालको संविधान २०७२ साल असोज ३ गते संविधान सभाबाट बनेको थियो । यस साता ४ दिन मात्र सेयर कारोबार हुनेभएको हो । अब कारोबार असोज ४ गते मंगलबार मात्र खुला हुनेछ ।












