१७ वर्ष भारत जीवन बिताएका मुख्यमन्त्री भट्टको दोहोरियो स्वदेश मै रोजगारीको आश्वासन « Arthapath.com
२४ असार २०८३, बुधबार

१७ वर्ष भारत जीवन बिताएका मुख्यमन्त्री भट्टको दोहोरियो स्वदेश मै रोजगारीको आश्वासन



काठमाडौं । भारत करिब १७ वर्ष भन्दा बढी मजुदरीका कार्य गरेका सुदुपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चुनाव नारा दिन सुरु गरेका छन् । सुदुरपश्चिमेली नेपाली समाज भारतको प्रथम महाधिवेशनमा बोल्दै सुदुरपश्चिमका नागरीकलाई स्वदेश मै स्वरोजगारी दिने आश्वासन दिएका हुन ।

करिब ५ वर्ष पहिला डोटि जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट चुनाव लड्दै गर्दा भट्टले आफु भारत जिवन बिताएको ब्यक्ति भएको हुदाँ पहिलो प्राथमिकता स्वदेश मै रोजगारी हुने बताए पनि सुदुरपश्चिम प्रदेशमा पछिल्लो समय भारतमा मजुदुरका लागि जाने संख्या वृद्धि भएको तथ्याङले देखाएको छ । सबै प्रदेशहरुमा मुख्यमन्त्री परिवर्तन हुदाँ समेत सुदुरपश्चिम प्रदेशमा परिवर्तन नभएका भट्टले स्वदेश मै रोजगारीका लागि कुनै कदम चालेको पाइदैन । ५ वर्ष अगाडिको आश्वासन फेरी दोहोरीनु खोक्रो आश्वासन मात्र भएको आंकलन गर्ने थालिएको छ ।

पछिल्लो समय त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक ७ सयदेखि एक हजारसम्म सुदूरपश्चिमवासी घर फर्किरहेका छन् । फर्किन लागेका नेपालीलाई सरकार प्रति विश्वास कति पनि देखिदैन । आश्वासनको खोल जस्तै मात्र सम्झी रहेका छन् । दशैका लागि घर फर्किएका मानिस मंसिर ४ गते हुने प्रदेश र संघको चुनावसम्म नबस्ने बताउछन् । भारतबाट घर फर्किनेको भिडमा डोटिका सिताराम बलायर पनि एक हुन । उनि चुनावसम्म नबस्ने बताउछन । उनि भन्छन् “खै कस्लाई भोट दिएर के हुन्छ र सोझा साझ नागरिकलाई आफ्ना कुरामा पार्छन अन्तिममा आफन्त आसेपास अनि आफ्नै पेट पाल्न लाग्ने त हुन । ” उनि फेरी भन्छन “खै सर सानो १८ वर्षको उमेर देखि भारतमा गएर होटलमा काम गर्दै आएको छु अहिले ४८ वर्ष पुग्यो भारतमा नगएसम्म साँझ बिहानको छाक टार्न धौधौ हुन्छ परिवारसँग रम्ने छोरा छोरीसँग खेल्न भनेको त एकादेशका काहानि जस्तै हो सर (आखाँभरी आसु बनाउदैं भने)”

वर्षो देखि भारत जिवन काटिरहेका सुदुपश्चिमका जनतालाई नेताहरुले केही विकास गर्छन अनि स्वदेश मै रोजगारी पाउने आशा फिटिक्कै देखिदैन । नेताको आश्वासनले जनतालाई आक्रोस बनाएको छ । स्वस्थ्य खानेपानी सडक सुविधा गुणस्तरीय शिक्षाका माग गर्दै आएका जनता हरेक चुनावमा यहि प्रस्ताव राख्ने अनि नेता जिते पछि हराउने भन्दै जनता आक्रोस देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्