१ करोड २१ लाख नगद लाभांश वितरण गर्न बिओके क्यापिटले डाक्यो साधारण सभा « Arthapath.com
२४ असार २०८३, बुधबार

१ करोड २१ लाख नगद लाभांश वितरण गर्न बिओके क्यापिटले डाक्यो साधारण सभा



काठमाडौं । बिओके क्यापिटल मार्केटले साधारण सभाका लागि मिति तय गरेको छ । क्यापिटलले आउँदो कात्तिक ४ गते सभा गर्ने भएको हो ।

क्यापिटलको गत आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभामा प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउने मुख्य एजेण्डा रहेको छ । सभामा गत आर्थिक वर्ष २०७८/७९ का लागि ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । कम्पनीले करसमेत १ करोड २१ लाख ५९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

यसका साथै सभाले गत आवको २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ । सोही सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्