डाक्टर बनाउने मेरी आमा… [ कविता ]
उही मेरी प्यारी आमा
सायद सञ्चै हुनुहुन्छ होला माथि खुल्ला आकाशमा
आमा,
रुन्न म अरुको सामु, रुन्छु त यतैकतै एक्लै एकान्तमा
अरुको अगाडी रोएर म आफुलाई कमजोर बनाउदिन
जहिले आफ्नो दुख पिडा भुलेर हासीँ हाँसी हिड्नेछु
आमा,
हरेक गरिब दुखीहरुको पिडामा मलम लगाउने लक्ष्य बोक्नेछु
समाज सेवा मार्फत समाज परिवर्तन गर्नेछु आमा
मलाई डाक्टर बनाउने मेरो सपना नै हजुरको थियो आमा
टप्प आयो टिपिक्क टिपेर लग्यो दैबले तिमीलाई
आमा,
आज म डाक्टर बनेको हेर्ने तिम्रो सपना अधुरै रह्यो
आज म जे छु जसो छु हजुरको नै देन हो
आमा ,
संघर्षको बेला संगै बस्न र धेरै खुसी नै दिन सकिन
आज म आफै कमाउने बेलामा हजुरलाई सुख दिन पाइन
आमा,
कति दुख गर्नु भो मेरो सपना पुरा गर्नलाइ हजुरले
सुख देख्न नपाउदै हामीलाई छोडेर किन जानु भो
आमा,
हजुर हामीबाट टाढा भए सदैब हाम्रो मुटुमा हुनेछ मेरी
हजुरलाई सम्झेर आसु नझर्ने दिन हुन्न यहाँ आमा
हजुरको मार्ग दर्शन र माया नै मेरो सफलको प्रेरणा बन्नेछ
मिस यु मेरी आमा,
धेरै–धेरै माया सदैव हजुरलाई आमा
लेखकः डा.दिल तामाङ
(स्वर्गीय आमाको सम्झाना लेखिएको कविता)












