नारायणी नदीमा पानीको बहाव बढ्यो, गण्डक बाँधका ३६ ढोका खुल्ला « Arthapath.com
२४ असार २०८३, बुधबार

नारायणी नदीमा पानीको बहाव बढ्यो, गण्डक बाँधका ३६ ढोका खुल्ला



काठमाडौं । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्नको छ । पानिको बहाव बढेसँगै त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटा ढोका खोलिएको छन् ।

नदीको सतह खतरा नजिक पुगेपछि बिहान ८ बजे २२ वटा ढोका खोलिएकोमा पानीको सतह बढ्दै गएपछि बिहान १० बजे ब्यारेजका ३६ वटा ढोका खोलिएको हो । बिहान १० बजे गण्डक ब्यारेजमा २ लाख ८६ हजार ८ सय क्युसेक पानीको बहाब रहेको छ ।

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्