रावलले टिकट नपाएपछि अछाममा खैलाबैला, पालिकादेखि जिल्ला कमिटी सामुहिक राजिनामा दिने तयारी « Arthapath.com
२४ असार २०८३, बुधबार

रावलले टिकट नपाएपछि अछाममा खैलाबैला, पालिकादेखि जिल्ला कमिटी सामुहिक राजिनामा दिने तयारी



काठमाडौं । नेकपा एमाले पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा भीम रावलको टिकट केन्द्रले खोसे पछि उनको गृहजिल्लामा पार्टीभित्र खैलाबैला मच्चिएको छ।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका नेता रावलको टिकट खोसिएपछि एमाले अछाममा पार्टी भित्रै चौर्तफि आलोचना भइ रहेको हो ।

अछाममा रावललाइ टिकट नदिएर माओवादी बाट एमाले प्रवेश गरेका झपट बोहोरा लाइ दिएकोमा बिरोध भइरहेको हो ‌।एमाले अछामका एक जना जिल्ला कमिटी सदस्यका अनुसार नेताहरुले विद्रोहको तयारी समेत गरेका छन्। एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका हुन्।

समाजिक सञ्जालमा अहिले रावललाइ टिकट नदिएको भन्दै चौर्तफि आलोचना भइरदा रावलले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।


प्रतिक्रिया दिनुहोस्