कर्णाली नदीले पार गर्यो खतराको तह, सयौं बस्ति जोखिममा « Arthapath.com
२४ असार २०८३, बुधबार

कर्णाली नदीले पार गर्यो खतराको तह, सयौं बस्ति जोखिममा



काठमाडौं । कैलालीस्थित कर्णाली नदीले खतरा तह पार गरेको छ। साँझ ४ बजेर ३० मिनेटमा पानीको तह मापन गर्दा ११ दशमलव ०८२ मिटर पुगेको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ बजे ९ दशमलव ४९ मिटर मापन गरिएको पानीको तह अहिले निरन्तर बढि रहेको छ । पानीको तह १० दशमलव ८ मिटर पुग्नु खतराको तह मानिन्छ। बुधबार देखि परेको अविरल वर्षाले सुदुरपश्चिम लगायतका कयौ ठाउँमा डुबान हुनुका साथै किसानको मुख मै आएको बालि खोसेर लगेको छ ‌।

उता सुदुरपश्चिमका पहाडी भुभागमा पहिरोले बाटोघाटो अबरुद्ध गर्नुका साथै बिधुत सेवा बन्चित गराएको छ ।


प्रतिक्रिया दिनुहोस्