बर्षाका कारण प्रभावित जनसमुदायलाई सहयोग गर्न अखिल नेपाल किसानको माग « Arthapath.com
२४ असार २०८३, बुधबार

बर्षाका कारण प्रभावित जनसमुदायलाई सहयोग गर्न अखिल नेपाल किसानको माग



काठमाडौं । अखिल नेपाल किसान महासंघले विगत केही दिनदेखि देशभर परेको अविरल बर्षाका कारण प्रभावित जनसमुदायको सहयोगका लागि परिचालित हुन किसान महासंघ मातहतका सम्पूर्ण समितिहरुलाई निर्देशन गरेको छ।

बाढी, पहिरो र डुवानबाट प्रभावित जनसमुदायको यथासिघ्र उद्धार, राहत र पूर्नस्थापना गर्न अखिल नेपाल किसान महासंघले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।

संघले विपत्तिबाट भएको क्षतिको वास्तविक विवरण संकलन गरी किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र किसानको व्यवसाय पुनस्र्थापनासमेतका विभिन्न अल्पकालीन र दीर्घकालीन प्याकेज कार्यक्रम अविलम्व घोषणा गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।

विगत केही दिनदेखि देशभरका विभिन्न स्थान बिशेषगरी लुम्बिनी, गण्डकी, कर्णाली र सुदुपश्चिम प्रदेशमा परेको अविरल बर्षाका कारण आएको बाढी, पहिरो र डुवानले ठूलोमात्रामा धनजनको क्षति हुनुका साथै यसक्षेत्रमा बसोवास गर्ने आम समुदायकोे दैनिक जनजीवन प्रभावित भएको छ ।

यस बर्ष पनि कृषि भूमि तथा कृषि तथा कृषिजन्य उत्पादनमा ठूलो परिणाममा क्षति पूगेको छ । बेमौषमी बर्षाले किसानलाई पर्न गएको क्षतिप्रति अखिल नेपाल किसान महासंघ दुःख व्यक्त गर्दै यस बिपत्तीमा प्रभावित जनसमुदायको सहयोगका लागि परिचालित हुन किसान महासंघ मातहतका सम्पूर्ण समितिहरुलाई निर्देशन दिएको छ ।

गत बर्ष परेको बेमौषमी बर्षाका कारण धान लगायतका बाली तथा काठमाण्डौं उपत्यकामा म्थद्दड धानमा बाला नलागेर किसानले भोग्नु परेको क्षतिको लागि सरकार आफैले घोषणा गरेको राहात समेत १ बर्ष वितिसक्दा पनि किसानले पाउन सकेका छैनन । किसानप्रति सरकारको यसप्रकारको गैरजिम्मेबारीपना नदोरियोस भनी किसान महासंघ नेपाल सरकार समक्ष आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्