आज कति छ सुनचाँदीको भाउ ?
काठमाडौं । साताको पाँचौं कारोबार दिन सुनको भाउ स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ ९४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
छापावाला सुन बुधवार पनि सोही मूल्य निर्धारण भई खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १९० रुपैयाँ कायम भएको छ ।













