चाडपर्व लक्षित गरि डग स्निफिङ सहितको प्रहरी चेकिङ
काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले तयार गरेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार गत बुधबार सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा आज कमलामाई नगरपालिका १४ चन्दनपुरमा डग स्निफिङ (Dog Sniffing ) सहितको प्रहरी चेकिङ गरिएको छ ।
विशेषगरि शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित खटिएको प्रहरी टोलिले विष्फोटक पदार्थ, लागु औषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित ब्यक्तिको चेकजाँच गरेको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बिभिन्न राजमार्ग रहेका नाकाहरुमा Dog Sniffing सहितको प्रहरी चेकिङ गर्दै आईरहेको छ ।
बिजया दशमीको समयमा मकवानपुर र चितवनमा गरिएको उक्त चेकीङ निकट भविष्यमा नै काभ्रे र धादिङ जिल्लाका बिभिन्न स्थानहरुमा गरिने भएको छ ।













