विश्वकप फुटबल खेलको टिकट किन्नेको लर्को, २८ लाख ९० हजार ओटा टिकट बिक्री « Arthapath.com
२४ असार २०८३, बुधबार

विश्वकप फुटबल खेलको टिकट किन्नेको लर्को, २८ लाख ९० हजार ओटा टिकट बिक्री



काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताका लागि २८ लाख ९० हजार टिकट बिक्री भएको छ । विश्वकप आउँदो नोभेम्बर २० देखि कतारमा सुरु हुँदैछ ।


फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सोमबार एक कार्यक्रममा बोल्दै यस प्रतियोगिताका लागि २ लाख ४० हजार आतिथ्य प्याकेजहरू बिक्री भएको र यसलाई अहिलेसम्मकै सबैभन्दा सफल आतिथ्य कार्यक्रम भएको बताएका छन् ।


त्यस्तै बिक्री भएको २८ लाख ९० हजार टिकट खरीद गर्ने शीर्ष ३ देशमा कतार, अमेरिका र साउदी अरेबिया रहेको फिफा विश्वकपका प्रमुख अपरेटिङ अफिसर कोलिन स्मिथले बताएका छन् ।


विलासी स्टेडियमका लाउन्जहरूमा सेमिफाइनल र फाइनल खेल हेर्नका लागि प्रतिव्यक्ति ३४ हजार ३०० डलर भन्दा बढी लागत लाग्ने छ ।


प्रतिक्रिया दिनुहोस्