कात्तिक महिनाको पहिलो दिन सुनको मुल्यमा वृद्धि चाँदीको मुल्य कति ? « Arthapath.com
२४ असार २०८३, बुधबार

कात्तिक महिनाको पहिलो दिन सुनको मुल्यमा वृद्धि चाँदीको मुल्य कति ?



काठमाडौं । कात्तिक महिनाको पहिलो दिन मंगलबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो, भने तेजावी सुनको मूल्य तोलाको ९२ हजार ८०० रुपैयाँ रहेको थियो ।


आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्