देशभर ५३ जना कोरोना सङ्क्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल ७ सय २७ जनामा सक्रिय कोरोना सङ्क्रमित पुष्टी भएको छ ।
१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।
यही अवधिमा थप ५१ जना निको पनि भएका छन् । १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।













