कृषिमा आधुनिकिरण गर्न जरुरी छ : मन्त्री गुरुङ « Arthapath.com
१६ असार २०८२, सोमबार

कृषिमा आधुनिकिरण गर्न जरुरी छ : मन्त्री गुरुङ



लमजुङ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरुरी रहेको बताएका छन् ।

सिमलचौर भुमिगत सिचाइ अन्र्तगत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरुङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे ।

‘पुर्वाधार बनाउने काम सरकारको हो भने विकासको गतिविधि गर्ने काम तपाईहरुको हो’, उनले भने । यो वर्ष लमजुङ जिल्लाको घर घरमा टेलिफोन र इन्टरनेट पुरयाउने काम गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

बोरिङ सिचाइ आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गरे । मन्त्री गुरुङले अहिलेको सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको समेत जानकारी गराए । उनले विग्रीएको र भत्कीन लागेको मुलुकलाई सुर्धान दुई ठुला दल गठबन्धनमा आएकाले सरकार ढल्छकी ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न समेत आग्रह गरे।

‘२०७७ मा केपी शर्मा ओलीको सरकार ढलेपछि मुलुकमा निकै अस्थीरता भयो । अहिले सम्म केहि काम भएन । सरकार त छ तर, काम गर्न सकेको थिएन । एक वर्षमा चार वटा सरकार बन्यो । राजनीतिक अस्थिरताले गर्दा सरकार पिच्छे बजेट ल्याउने र अलपत्र पार्ने भयो’, मन्त्री गुरुङले भने,‘हाम्रो न राजस्व उठ्यो न खर्च हुन सक्यो, यि सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहरकोछ ।’

बर्खेपानीको भरमा खेती गर्नु पर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने स्थानीयले विश्वस्त भएका छन् । वडा ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावले थुप्रै खेत बारी बाँझै रहेको हुँदा अब भने बोरिङ मार्फत खडेरी हट्नेर खेती गर्न सकिने बताए । वडा अध्यक्ष गुरुङले स्थानीय किसानहरुलाई समेत भुमिगत सिचाइँको भरपुर सदुपयोग गर्न समेत आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्