काठमाडौं । जीवन बीमा व्यवसाय १७ प्रतिशत वृद्धि भएको छ । दुई महिनामै व्यवसायको आकार ३५ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । दुई महिनामा कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार