काठमाडौं । अब नेपालका चार र पाँचतारे होटलमा सञ्चालनमा रहेका क्यासिनोहरूले आफ्ना आम्दानी, खर्च लगायत सम्पूर्ण कारोबार विवरण प्रत्येक महिनासरकारी निकायमा पेश गर्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो क्षेत्रमाथिको निगरानी कडाइ गर्न ‘जोखिमको आधारमा क्यासिनोको स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरीवेक्षण दिग्दर्शन २०८२’ सार्वजनिक गर्दै यो